![]()
एजेन्सी । फेसबुकले हालसम्मकै ठूलो व्यापार घाटा बेहोर्नुपरेको छ । अमेरिकामा कुनैपनि कम्पनीको मूल्य १२ अङ्कले कम भएको यो पहिलो घटना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । कम्पनीका अनुसार फेसबुकको मूल्य पहिलोपटक एक दिनमै १ खर्ब भन्दा बढीले कम भएको हो ।
यसरी अचानक फेसबुकको शेयर १९ प्रतिशतले घटेपछि कम्पनीको भविष्यबारे समेत चिन्ता व्यक्त गरिएको छ । फेसबुकको बजार मूल्य बिहीबार अमेरिकाका ५०० मध्ये ४५७ कम्पनीहरुमा सबैभन्दा कम हुन पुगेको हो ।
यो वर्षभरि प्राविधिक कम्पनीहरुमा अमेजोन, अल्फाबेट, नेट्फिल्क्स र फेसबुकको बजार मूल्य अगाडि रहने अनुमान गरिएको थियो । यसै अनुरुप एप्पल एक्लैले २० प्रतिशत, एमेजोनको ५० प्रतिशत र नेट्फिल्क्सको ९० प्रतिशतले बजार मूल्य वृद्धि भएको छ । तर फेसबुकले भने अचानक भारी नोक्सानको सामना गर्नु परेपछि हाल लगानीकर्ताहरु समेत शंकामा रहेको बताइएको छ ।


