Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भारतमा बाढीका कारण दुई हप्तामा ६०० जनाको ज्यानगयो

Loading

बीबीसी । भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी दशौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका छ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ । भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुने गर्दछ ।

भारतका टेलिभिजन च्यानलहरुले कारसहितका सवारी साधनहरु सडकमा पानीमा डुबेको दृश्य देखाएका छन् । बाढी पहिरोबाट देशभरका कार्यालय भवन र आवासीय घरहरु प्रभावित भएको समाचारमा जनाइएको छ । यसरी प्रभावित हुनेमा नयाँदिल्लीका केही भाग र छिमेकी नोयडाका गाउँहरु पनि रहेका छन् ।
सञ्चार माध्यमहरुले बाढी पहिरोबाट सबैभन्दा बढी प्रभाव दक्षिण पश्चिमी राज्य महाराष्ट्रमा परेको जनाएका छन् । त्यस राज्यमा मात्रै १४० भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी दक्षिणी राज्य केरलामा १२६, पश्चिम बंगालमा ११६, उत्तर प्रदेशमा ७०, गुजरातमा ५२ र असाममा ३४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.