Breaking News.... EverestOnlineKhabar
June 26, 2026

म्यानचेस्टर सिटीले वायर्नलाई हरायो,म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको जित

Loading

एजेन्सी,साउन ।
इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब वायर्न म्युनिखमाथि ३–२ गोलको जित हात पारेको छ। सिटीले २–० गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो। सिटीको जितमा बेर्नान्डो सिल्भाले पहिलो हाफको इन्जुरी टाइम र ७० मिनेटमा गोल गरेका थिए। सिटीका लागि अर्को गोल नेमेचाले ५१ मिनेटमा गरेका थिए। वायर्नका लागि सबानिले १५ र अर्जेन रोबिनले २४ मिनेटमा गोल गरेका थिए।
अर्को खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–१ गोलले हरायो। लिभरपुलका लागि साडियो मानेले २८, स्टरिजले ६६, ओजोले ७४ र साकिरीले ८२ मिनेटमा गोल गरेका थिए। म्यानचेस्टरका लागि पेरेइराले ३१ मिनेटमा गोल गरेका थिए।
चेल्सीले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हरायो। युभेन्ट्सले पनि बेनिफिकालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको छ।
आर्सनलले फ्रेन्च च्याम्पियन पिएसजीलाई ५–१ ले पराजित गरेको छ। आर्सनलका लागि मेसुज ओजिलले १३ मिनेटमा गोल गर्दा लाकाजेटीले ६७ र ७१, होल्डिङले ६७ र केइटाले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.