Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बलात्कारको घटनामा मुछिएपछि श्रीलंकाली ओपनर धनुष्कामाथि ६ खेलको प्रतिबन्ध

Loading

एजेन्सी । श्रीलंका क्रिकेट बोर्ड (एसएलसी)ले  खेल भावना विपरित व्यवहार गरेको भन्दै ओपनर धनुस्का गुणथिलकामाथि ६ खेलको प्रतिबन्ध लगाएको छ।

श्रीलंकाली टोली बसेको होटलमा गत आइतबार भएको बलत्कारको घटनामा प्रहरीले गुणथिलकासँग सोधपुछ गरेको थियो। गुणथिलकाका साथी सन्दिप जुडे सेलेहालाई प्रहरीले होटलमा एक नर्वेजियन महिलामाथि बलात्कार गरेको भन्दै पक्राउ गरेको थियो। होटलका सुरक्षा गार्डले आइतबार गुणथिलका र उनका साथी दुई नर्वेजियन महिलाका साथ होटलमा आएको प्रहरी बयनमा बताएपछि उनीहरु दुवैलाई नियन्त्रणमा लिइएको थियो। यद्धपी प्रहरीले गुणथिलकासँग घटनाका बारेमा सोधपुछ मात्र गरेको र उनी दोषी नरहेको प्रस्ष्ट पारिसकेको छ।

तर एसएलसीले भने गुणथिलकाले सम्झौता विपरित व्यवहार गरेको भन्दै उनमाथि ६ खेलको प्रतिबन्ध लगाएको हो। एसएसलीको नियम अनुसार अनुमतीविना खेलाडी होटल बाहिर निस्कन पाउदैनन्। यसैगरी उनीहरुले कुनै पनि व्यक्तिलाई होटलमा लान पाउदैनन्।

प्रतिबन्धमा परेका गुणथिलकाले दक्षिण अफ्रिकाविरुद्धको पाँच एक दिवसीय शृंखला र एक मात्र ट्वान्टी–२० शृंखला गुमाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.