Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि सुनुवाई सकियो, निर्णय शुक्रवार

Loading

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसँगको सुनुवाइ सकिएको छ ।  समिति सदस्यहरुले राखेको प्रश्नको उत्तर दिँदै जोशीले आफूले २०६८ असार १३ गते छोरीले अंश पाउने विषयको मुद्दा बाहेक अरु कुनै पनि मुद्दामा फैसला नगरेको बताए ।

‘संवैधानिक व्यवस्था अनुसार विचाराधिन अवस्थाका मुद्दा र विवादित मुद्दाका विषयमा छलफल गर्न र बहस गर्न मैले पाउँदिन,’ जोशीले भने, ‘तपाईंहरु छलफल गरौं, बोलौं भन्नुहुन्छ भने म बोल्छु । तर, माननीयहरुले ध्यान दिनुपर्ने कुरा भनेको संविधानले मलाई विचाराधिन मुद्दामा बहस र छलफल गर्न दिँदैन ।’

एनसेलको कर छलिका विषयमा भएको फैसालाका बारेमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै जोशीले भने, ‘एनसेलको मुद्दाका विषयमा मैले फैसला त के आदेश पनि दिएको छैन ।’

सबैभन्दा ठूलो निकाय संसद भएको भन्दै जोशीले संसदले कानुन बनाएर दिए अदालतले त्यही अनुसार काम गर्न तयार रहेको पनि बताए । समितिले जोशीमाथि शुक्रवार सुनुवाई गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed