Breaking News.... EverestOnlineKhabar
June 4, 2026

टिमुरेको पहिरोमा मृत्यु हुनेको स‌ंख्या ८ पुग्यो

Loading

रसुवा । गोसाइकुण्ड गाउँपालिका-२ टिमुरेमा  पहिरोमा मृत्यु हुनेको स‌ंख्या ८ पुगेको छ । १ जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकको जिल्ला भोटेकोसी गाउँपालिका–५ का श्याम श्रेष्ठ, विक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोसी–४ का रेशम खड्का रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–१ थुमन का मिङमार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु घले, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनी रहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी भइरहेको छ ।

घाइते ५ जनाको थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।  ७ जना घाइते भने सामान्य उपचारपछि घर फर्केका छन् ।  पहिरोले २ टहरा, एक होटेल, टिमुरेस्थित अस्थायी प्रहरी बिटसमेत पुरिएको छ । २ वटा कन्टेनर र एक वटा ट्रकमा क्षति पुगेको छ ।
घटनास्थल सदरमुकामबाट २५ किलोमिटर टाढा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed