Breaking News.... EverestOnlineKhabar
August 16, 2026

प्रदेश २ मा फरार अभियुक्तसहित ३ राज्य मन्त्रीको शपथ

Loading

धनुषा ।  प्रदेश नम्बर २ मा फरार अभियुक्त अभिराम शर्मासहित ३ जना राज्यमन्त्रीले सपथ लिएका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सिफारिस गरेको शर्मासहित सुरेश मण्डल, डिम्पलकुमारी झालाई बुधबार मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

राजपाले शर्मालाई सामाजिक विकास, झालाई भौतिक पूर्वाधार र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्रीका रूपमा शपथ ग्रहण गराएको हो।

मधेश आन्दोलनका बेला जलेश्वरमा घाइते भएका सई अमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै हत्या गर्नेमा शर्माको संलग्नता रहेको अदालतले पुष्टि गरेको थियो।

धनुषा जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिए पनि पक्राउ गर्न सकेको थिएन। प्रहरीले फरार अभियुक्त सूचीमा राखेर उनको खोजी गरिरहेको थियो।

राजपा अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले सोमबार साँझ तीनै जनालाई राज्यमन्त्रीमा सिफारिस गरेका थिए। पार्टीले हत्या अभियोगमा फरार अभियुक्तलाई प्रदेश २ को राज्यमन्त्रीमा सिफारिस गरेकोमा पार्टीभित्रै असन्तुष्टि बढेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.