Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

दाङ । सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकूदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् ।  दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला  शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ‘स्पोर्ट सिटी’ घोषणा कार्यक्रममा यो युग युवा र खेलकूदको युग भएको बताउँदै उनले राज्यलाई दक्ष जनशक्ति खेलकूदले नै प्रदान गर्ने बताए ।

यस रंगशाला निर्माणले राष्ट्रिय खेलकूद परिषद्को परिकल्पनालाई साकार पार्न योगदान पुर्याउने सभामुख महराले बताए । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तोकिएको समयमा गुणस्तरीय रंगशाला निर्माण गर्न सबैले निगरानी गर्नुपर्नेमा जोड दिए ।

उनले खेलकूद सबैको गौरव, स्वास्थ्य र संमृद्धिको प्रतिक बनेको बताउँदै देशको पहिचान स्थापित गर्न खेलकूदको विकास अपरिहार्य रहेको बताए ।

राष्ट्रिय खेलकूँद परिषद्का सदस्य–सचिव केशकुमार विष्टले आधुनिक प्रविधिबाट नटबोल्ड जोडेर रंगशाला निर्माण गरिने बताए । उनले राखेपले तुलसीपुर, इटरी र पोखरालाई पनि ‘स्पोर्ट सिटी’को रुपमा विकास गर्ने प्रयास भइरहेको जानकारी दिए ।

रु २४ करोड २४ लाखको लागतमा निर्माण हुन लागेको रंगशालामा तीन हजार दर्शक अटाउने क्षमता छ । आगामी मंसिरभित्र सो रंगशाला निर्माण गरिसक्ने गरी सम्झौतामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.