![]()
एजेन्सी । रुसमा आयोजित सन् २०१८ को फिफा विश्वकपमा अत्यधिक चर्चामा रहेकी क्रोएशियाकी राष्ट्रपति कोलिन्दा ग्रेबर किट्रोविक पुनः एकपटक चर्चामा छाएकी छिन् ।
विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमले उनले आफ्नो घरको आफै रङ्रोगन गरेको तस्बिर सार्वजनिक गरेका छिन् । साधारण टिसर्ट– पाइन्ट लगाएर पेन्ट रोलरले घरको भित्तामा रङ लगाइरहेको तस्बिर सार्वजनिक भएको छ । यद्यपी, यो फोटोबारे थप जानकारी उपलब्ध छैन ।
क्रोएशियाकी राष्ट्रपतिले आफ्नो घरमा आफैंले रङ्ग लगाइन् भन्दै फोटो प्रकाशित गरिएको छ ।


