Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने महामन्त्री कोइरालाको चेतावनी

Loading

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जेहाद छेड्ने चेतावनी दिएका छन्।

महामन्त्री कोइरालाले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका सबै नेता, कार्यकर्तालाई एकजुट भएर अघि बढ्न पनि आह्वानसमेत गरे। विपी स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले पञ्चायतकालीन शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि केही दिन अघि आक्रमण गरेको स्मरण गराउँदै आक्रोश व्यक्त गरे।

महामन्त्री कोइरालाले सरकारको ज्यादतिविरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.