![]()
काठमाडौँ। एसिएन गेम्सको तयारीको विशेष प्रशिक्षणका लागि हंगेरी जान लागेको नेपाली जुडो टोलीको भिसा अस्वीकार भएको छ। अगस्ट २५ सम्म प्रशिक्षणका लागि आठ खेलाडीलाई पठाउन लागिए पनि भिसा अस्वीकार भएको हो।
जर्मन एम्बेसीले हंगेरीमा सेसन जारी रहेको र बुकिङ सम्पन्न भइसकेको भन्दै भिसा अस्वीकार गरेको जानकारी नेपाल जुडो संघलाई दिएको हो।
संघले एसिएन गेम्समा भाग लिने आठ जना खेलाडी प्रशिक्षणमा पठाउने तयारी गरेका थियो। टोलीलाई प्रशिक्षणका लागि हंगेरी पठाउन खेलकुद मन्त्रालय र खेलकूद परिषदले पहल गरेको थियो।


