![]()
काठमाडौ,साउन ।
मित्व्ययिता र सुशासनको भाषण दिन नथाक्ने वर्तमान केपी ओली नेतृत्वको सरकारले राज्यकोषको चरम दुरुपयोग गरिरहेको छ । सरकारले औषधि उपचार तथा आर्थिक सहायताका नाममा दलका पहुँचवाल नेता–कार्यकर्ता तथा संस्थालाई करोडौं रुपैयाँ वितरण गरेको छ ।
प्रतिपक्षमा हुँदा सत्तापक्षले औषधि उपचार तथा आर्थिक सहायताका नाममा जथाभावी रकम वितरण गरेको भन्दै सरकारको आलोचना गरेको केपी शर्मा ओलीले आफू दोस्रोपटक प्रधानमन्त्री भएपछिको पाँच महिनामा सात करोड रुपैयाँ सोही शीर्षकमा वितरण गरेका छन् ।
ओलीले दोस्रोपटक सरकारको नेतृत्व ०७४ फागुन ३ मा सम्हालेका थिए ।
अर्थमन्त्रालयको तथ्यांकअनुसार ओली नेतृत्वको सरकारले फागुनमा १ करोड ४२ लाख १४ हजार ७ सय ४०, चैतमा १ करोड ६६ लाख ९१ हजार ६ सय ६, वैशाखमा १ करोड १९ लाख ५० हजार, जेठमा १ करोड ५ लाख र असारमा १ करोड ५० लाख ४६ हजार ८ सय ३१ रुपैयाँ औषधि उपचार तथा आर्थिक सहायता शीर्षकमा वितरण गरेको छ ।
सरकारले पछिल्लोपटक फरार अभियुक्त वृजकिशोर गिरीको औषधि उपचार गर्दा लागेको खर्चबापत सम्बन्धित निकायलाई २ लाख ८८ हजार ५ सय १५ रुपैयाँ उपलब्ध गराएको छ ।


