![]()
बीबीसी । पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई स्वास्थ्य जाँच गर्न विदेश जान नदिएको खुलासा भएको छ । उनले आफ्नो पारिवारिक चिकित्सकसँग नै जाँच गराउनका लागि दिएको निवेदन पनि अस्वीकृत गरिएको छ।
पाकिस्तान सरकारका स्वास्थ्य अधिकारीले नै उनको निवेदन अस्वीकार गरेको शरिफको पार्टी मुस्लिम लिग, नवाज (पिएमएल–एन) ले जानकारी दिएको छ। पाकिस्तानमा बुधबार आमनिर्वाचन हुन लागेको छ। सो निर्वाचनमा पाकिस्तानमा शक्तिशाली मानिएको सेनाको समूहले पिएमएल–एनविरुद्ध मतदान गराउने कोाशिस गरेको सरोकारवालाहरुले बताएका छन्।
यसै महिनाको शुरुमा पाकिस्तान फर्किएका उनलाई लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको थियो। शरिफलाई हालै मात्रे एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो।


