Breaking News.... EverestOnlineKhabar
August 12, 2026

जापानमा ‘लु’ का कारण ६५ जनाको ज्यानगयो, प्राकृतिक बिपत्ती घोषणा

Loading

बीबीसी । जापानमा गएको दुई हप्तादेखि गर्मी बढेको छ । लगातार बढेको गर्मीका कारण तातो हावा (लु) चल्दा कम्तिमा ६५ जनाको ज्यान गएको जापानको मौसम विभागले जनाएको छ ।

मौसम विभागले अहिले चलेको तातो हावालाई प्राकृतिक विपत्ति घोषणा गरेको छ । केही क्षेत्रका आँकलन गर्नै नसकिने गरी बढेको मौसम विभागले बताएको छ । तातो हावाका कारण २२ हजार भन्दा धेरै मानिस बिरामी भएका छन् । अस्पताल भर्ना हुनेमा आधा जति जेष्ठ नागरिक छन् । तातो हावा चल्ने क्रममा तत्काल चल्न रोकिने सम्भावना नदेखिएको मौसमविदले बताएका छन् ।

यस्तै टोकियोको तापक्रम ४० डिग्री मापन गरिएको र यो पनि अहिलेसम्मकै उच्च रहेको मौसमविदले बताएका छन् । अगस्टको सुरुसम्म नै तापक्रम ३५ डिग्री वा त्यो भन्दा माथि पुग्ने चेतावनी जापानको मौसम विभागले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed