Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

बीबीसी । ग्रिसको जंगलमा भएको आगलागीका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । एक दशक यताकै भीषण आगलागी भएको हो । एक सय भन्दा धेरै घाइते भएका छन् ।

रेड क्रसका अनुसार मातीमा रहेको समुद्री किनारको भिल्लामा २६ शरीर भेटिएको छ । यस्तै सरकारी अधिकारीले २४ जनाको ज्यान गएको पुष्टि गरेको थियो । समुद्री किनारमा रहेको मानिसलाई उद्धार गर्नका लागि उद्धारकर्मीले बोट र हेलिकप्टर प्रयोग गरेका छन् ।

ग्रिसले आगलागी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । राजधानी एथेन्स नजिक रहेका जंगलसहितका क्षेत्रमा भीषण आगलागी भएको हो । आगो नियन्त्रणमा लिने प्रयासमा सयौँ अग्निनियन्त्रक खटिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed