Breaking News.... EverestOnlineKhabar
October 3, 2026

निर्वाचन नजिकिदै गर्दा पाकिस्तानमा उम्मेदवारको हत्या

Loading

बीबीसी । पाकिस्तानमा आसन्न निर्वाचनका एक उम्मेदवारको  हत्या भएको छ। मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा  उम्मेदवारकै मृत्यु भएको हो। घटनामा उम्मेदवारसहित दुई जनाको मृत्यु भएको र अरू केही घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन्।

 गान्दापुरका लागि पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) का उम्मेदवार इक्रामुल्लाह खान र उनका चालकको हत्या भएको हो। आत्मघाती हमलामा परी गम्भीर घाइते भएका दुवै जनालाई अस्पताल पुर्‍याएइएको भए पनि उनीहरुको उपचार हुन सकेन।  आक्रमणकारीहरूले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएका व्यक्तिलाई लक्षित गरी आत्मघाती बम हमला गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि उनीहरूले बेवास्ता गरेको बताइएको छ। आइतबार भएको घटनाबारे अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

पाकिस्तानमा यही जुलाई २५ मा निर्वाचन हुने तय भएको छ र त्यहीअनुसार निर्वाचन प्रचारप्रसार कार्यक्रम तीव्र भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed