Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी ।  जिम्बावेबिरुद्धको पाँच खेलको एकदिवसीय सिरिज पाकिस्तानले ‘क्लिनस्विप’ गरेको छ। आइतबार भएको पाँचौ खेलमा घरेलु टिम जिम्बावेलाई १ सय ३१ रनले पराजित गर्दै पाकिस्तानले सिरिज ५–० ले जितेको हो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ४ विकेटको क्षतिमा ३ सय ६४ रन जोड्यो। पाकिस्तानका लागि इमान उल हकले १ सय १०, फखर जमानले ८५ र बबर अजामले १ सय ६ रन जोडे।

३ सय ६५ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४ विकेटको क्षतिमा २ सय ३३ रन मात्र जोड्न सक्यो। जिम्बावेका लागि रायन मुरीले सर्वाधिक ४७ रन जोडे।

खेलमा पाकिस्तानका फखरले एकदिवसीय खेलमा सर्वाधिक छिटो हजार रन पूरा गर्ने कीर्तिमान बनाए। उनले १८ इनिङमा हजार रन पूरा गरेका हुन्। यसअघि सर्वाधिक छिटो एक हजार रन पूरा गर्ने कीर्तिमान वेस्ट इन्डिजका भिभ रिचार्डसको नाममा थियो। उनले २१ इनिङमा हजार रन पूरा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed