![]()
विराटनगर ।चिकित्सक गोविन्द केसीको अनसन र नेपाल चिकित्सक संघ (NMA)को देश भरिका सबै अस्पताल बन्द गर्ने निर्देशनका कारण विराटनगरमा एक अबोध बालकले ज्यान गुमाएको भन्दै फेसबुकमा एउटा फोटो भाइरल बनेको छ ।
मोरङ जिल्ला लेटाङ न पा ३ बस्ने दुर्गा लम्सालको ११ महिनाको छोरा कास्मिर लम्सालको केसीको नाममा भएको अस्पतालको हडतालले ज्यान गाएको छ ।
बिरामी भएर उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पुर्याएको भए पनि ओपिडीमात्र बन्द गराउने भने पनि आकस्मिकका स्वास्थ्यकर्मीले समेत काम नगर्दा एउटा अबोध बालकले ज्यान गुमान परेको भन्दै धेरैले हड्तालको निन्दा गरेका छन ।
निमोनिया देखिएको बालकलाई उपचारका लागि अस्पताल लगेपनि उनले सामान्य उपचारसमेत नपाउँदा ज्यान गएको परिवारले जनाएको छ । यसअघि पनि केसीको अनसनका नाममा अस्पतालमा हड्ताल हुँदा केही बिरामीले उपचार नपाएर ज्यान गुमाउनु परेको थियो । सामाजिक सञ्जालमा हजारौँले उनको फोटो सेयर गर्दै ल अब कति जनाले गोविन्द केसीका लागि बलिदानी गरिदिनुपर्ने हो भन्दै प्रश्न गरेका छन ।


