![]()
काठमाडौँ । अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौं बसन्तपुरमा सामुहिक अनशन सुरु भएको छ । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह सुरु भएको हो ।
सत्याग्रहमा अधिवक्ता अाेमप्रकाश अर्याल, कृष्ण पहाडी लगायत नागरिक समाजका अगुवाहरु पनि सहभागि थिए । अनशनमा बस्न पाँच सय भन्दा बढीले नाम टिपाएका छन ।
पहिलो दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनशनको कार्यक्रम राखिएको छ ।


