![]()
बीबीसी । भारतको माथिल्लो सदनका रूपमा रहेको राज्यसभामा २२ भाषाका दोभासेको व्यवस्था गरिएको छ । अहिले थप पाँच भाषाका दोभासेको व्यवस्था गरेर कूल २२ भाषाका दोभासेको व्यवस्था गरिएको राज्यसभाका अध्यक्ष एमभी नैडूले जानकारी दिए ।
माथिल्लो सदनमा यसअघि पनि १७ भाषाका दोभासेको व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् । अहिले डार्गी, काश्मिरी, केन्कानी, सान्थाली र सिन्धी भाषाका दोभासेहरू थप गरिएको हो । भारतको संसदमा फरक फरक भाषा प्रयोग गर्ने समुदायका नेताहरू प्रतिनिधि भएर आउने गरेका छन् ।
फरक फरक भाषाभाषीका प्रतिनिधिहरूले आफ्नै भाषामा बोल्ने भएकाले उनीहरूको दोभासे अत्यावश्यक भएको बताइएको छ ।


