![]()
काठमाडौं। २० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसी काठमाडौं फर्किएका छन्। डा. केसीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
उनलाई काठमाडौं ल्याउनका सेनाको हेलिकाेप्टर बिहीबार बिहान काठमाडौंबाट जुम्ला पुगेको थियो। डा केसीलाई काठमाडौं ल्याउने सरकारी प्रयास र ल्याउन नदिने स्थानीय तथा विद्यार्थीको अवरोधका बीच कर्णाली अस्पतालतको वातावरण तनावग्रस्त भएको थियो।
अस्पतालमा झडप र सरकारको दमन बढेपछि डा केसी काठमाडौं फर्किन तयार भएका थिए। उनलाई स्थानीयले माला लगाएर बिदा गरेका थिए ।


