![]()
काठमाडौं। मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढक्क हनहोस, चिन्ता लिनुपर्देन, तपाईको मोबाइलको रक्षा ‘मेरो सुरक्षा’ले गर्ने भएको छ। नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको छ।
मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि ‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ नामक योजना सुरु गरेको छ। मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तर्गत नयाँ मोबाइल पाउने छन्। साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सन मुक्त जीवनमा सहयोग गर्नेछ।
कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटासहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारले बताए।
यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ।


