Breaking News.... EverestOnlineKhabar
October 3, 2026

पाकिस्तान : संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने सेनाको प्रष्टोक्ति

Loading

एजेन्सी। पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ । सेनाका प्रवक्ताले बिहीबार एक विज्ञप्तिमार्फत सो कुरा बताएका छन् । उनले आगामी निर्वाचनमा सेनाले निर्वाचनका लागि आवश्यक सुरक्षा दिने बाहेकको कुनै भूमिका नरहने बताएका हुन् ।

पाकिस्तानको आमनिर्वाचनको परिणामलाई प्रभाव पार्न सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गरेको भनी आएका आरोपहरु प्रति लक्षित गरी हालै आएका समाचारहरुप्रति सेनाको यो भनाई आएको हो । त्यस निर्वाचनका लागि ३ लाख ७० हजार सेना खट्ने र त्यसमा सेनाको कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताएका हुन् ।

उनले राजनीतिक प्रक्रियामा सेनाको संलग्नता अस्वीकार गर्दै भने–‘सेना र यसको गुप्तचर निकाय नै राजनीतिक उद्देश्यका लागि काम गर्नेछैन, हाम्रो काम सरकारले आह्वान गरेको निर्वाचनलाई निष्पक्ष र निर्वाध रुपमा सञ्चालन गराउन सहयोग गर्नु हो।’

पाकिस्तानको निर्वाचन आयोगले पनि निष्पक्ष निर्वाचन गराउने काममा यहाँको राष्ट्रिय सेनालाई सहयोगीको रूपमा विश्वास गरेको बताएको छ । निर्वाचन सफल बनाउन निर्वाचन आयोगले पनि सेनालाई नै जिम्मेवारी तोकेको छ ।

पाकिस्तानको सेनाले आगामी निर्वाचनको विषयलाई लिएर यहाँका सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गर्न खोजेको भनी आरोप लागेकोमा त्यसको जवाफस्वरुप प्रवक्ताको यो भनाइ आएको हो ।

पाकिस्तानमा शक्तिशाली मानिने सेनाले आरोपको खण्डन गर्दै करिब तीन लाख ७० हजार सेना निर्वाचनमा खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed