![]()
एजेन्सी । स्टार स्ट्राइकर लियोनल मेस्सी र उनको टिम अर्जेन्टिनाका लागि रुसमा भएको विश्वकप फुटबल बिर्सन लायक नै बन्यो ।फ्रान्ससँग ४–३ ले परातिज भएर अन्तिम १६ बाटै घर फर्कियो अर्जेन्टिना । मेस्सीका लागि विश्वकप सपनामै सीमित भए जस्तो देखियो । खराब विश्वकप अनुभवबाट बाहिर आउन मेस्सी अहिले बिदामा छन् ।
उनी त्यसका लागि श्रीमती र साथीहरुसहित स्पनेको बालेएसिक आइल्याण्ड फोर्मेन्तेरा पुगेका छन् । याचेटमा मेस्सीसहित उनकी श्रीमती र साथीहरुले रमाइलो समय बिताएको देखिएको छ ।
मेस्सीले समुद्रमा डाइभ हानेको पनि देखिएको छ । उनी आउँदो महिना सुरु हुने ला लिगामा अब एक मात्र ठूला स्टार हुने छन् । क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि ला लिगामा उनी बाँकी रहेका स्टार हुन् ।


