![]()
एजेन्सी,असार ।
शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा साइप्रसमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० जना यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा परेको डुङ्गामा झण्डै १५० जना यात्रु सवार थिए । तीमध्ये झण्डै एक सय जनालाई उद्धार गरिसकिएको छ ।
‘दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ, त्यसैगरी २५ देखि ३० जनासम्म हराइरहेका छन्,’ एक सुरक्षा अधिकारीले भने । गम्भीर घाइते भएकालाई हेलिकोप्टरमार्फत् अस्पताल ल्याइएको छ । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्ताहरू परिचालन गरिएको छ ।


