Breaking News.... EverestOnlineKhabar
October 3, 2026

मूल्य बृद्धी विरुद्धको आन्दोलन चर्किएपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा

Loading

एजेन्सी,असार ।
पेट्रोलियम पदार्थको मूल्य बृद्धीपछी चर्कदैं गएको प्रदर्शनका बीचमा हाइटीका प्रधानमन्त्री ज्याक गाइ ल्याफोनट्न्टले राजीनामा दिएका छन् । हाइटीको तल्लो सदनमा प्रधानमन्त्री ल्याफोनट्न्टले आफूले दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको जानकारी दिएका छन् ।
पेट्रोल ३८, डिजल ४७ र मट्टीतेलको भाउ ५१ प्रतिशतले बढाएपछि जनस्तरबाट व्यापक विरोध भएको थियो । राजधानी पोर्ट ए प्रिन्समा हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीले सरकारविरुद्ध चर्का नारा लगाउनुका साथै ठाउँ ठाउँमा तोडफोड गरेका थिए ।
सुरक्षा कार्वाहीमा चार जना मारिए भने दर्जनौ घाइते भएका छन् । प्रदर्शनकै क्रममा प्रदर्शनकारीले सरकारी कार्यालय, सवारी साधनमा क्षति पुर्‍याउनुका साथै लुटपाट मच्चाउँदा स्थिति नियन्त्रण बाहिर गएको थियो । मूल्य समायोजन नभएसम्म प्रर्दशन जारी राख्ने प्रदर्शनकारीले जनाएका छन् ।
प्रधानमन्त्रीले राजीनामा दिएपनि मूल्य समायोजनबारे केही निर्णय लिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed