Breaking News.... EverestOnlineKhabar
August 15, 2026

चीनको एक औद्योगिक पार्कमा विस्फोटः१९ जनाको मृत्यु

Loading

एजेन्सी,असार ।
चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् । चिनियाँ सरकारी समाचार संस्था सिह्न्वाका अनुसार यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको हो । विस्फोट के कारणले भयो भन्ने खुलाइएको छैन ।
विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा धुँवाको मुस्लो फैलिएको तस्वीरहरुमा देखिएको छ । यसलाई सन् २०१५ पछिको ठूलो विस्फोट मानिएको छ । सन् २०१५ मा उत्तर–पूर्वी बन्दरगाह शहरका रुपमा चिनिने तियाङजिङको रसायनिक गोदाममा आगलागी हुँदा १२५ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed