Breaking News.... EverestOnlineKhabar
October 2, 2026

क्रोएसियाविरुद्धको खेलमा इंग्लिश समर्थकको व्यवहारमाथि छानविन सुरु

Loading

एजेन्सी,असार ।
विश्व फुटबल महासंघ (फिफा) ले इंग्ल्याण्ड र क्रोएसियाबीचको विश्वकप सेमिफाईनल खेलमा इंग्लिश समर्थकहरुको व्यवहारमाथि छानविन थालेको छ । मस्कोस्थित लुझ्निकी रंगशालामा भएको खेलका क्रममा बेलायती समर्थकहरुले विभेदकारी नारा लगाएको आरोपमाथि फिफाले छानविन थालेको हो ।
फिफाले बेलायती समर्थकहरुको विभेदकारी नारावाजीमाथि छानविन गर्न लिखित आरोप दर्ता भएकोसमेत जनाएको छ ।
तर उक्त आरोप कसले दर्ता गर्‍यो भन्नेबारे केही खुलाईएको छैन । उता विश्वकप खेलका क्रममा हालसम्म गरिएका सम्पूर्ण डोपिङ परीक्षणको परिणाम नेगेटिभ आएको छ । डोपिङ परीक्षणमा पोजिटिभ परिणाम आए खेलाडीले प्रतिबन्धित शक्तिबर्धक औषधि लिएको मानिन्छ ।
सन् २०१८ मामात्रै २ हजारभन्दा बढी खेलाडीको नमुना संकलन गरी परीक्षण गरिएको तर कुनै पनि खेलाडी डोपिङमा नपरेको फिफाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed