Breaking News.... EverestOnlineKhabar
July 10, 2026

नेटो राष्ट्रलाई सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन, नेटोका गठबन्धन राष्ट्रहरुलाई आ–आफ्नो देशको सुरक्षा खर्च बढाउन आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले नेटो साझेदार राष्ट्रहरूसँगको बैठकमा देशको कुल ग्राहस्थ्य उत्पादनको कम्तीमा पनि ४ प्रतिशतसम्म सुरक्षा खर्चमा वृद्धि गर्न आग्रह गरेका हुन्।

ब्रसेल्समा  नेटो गठबन्धन राष्ट्रहरुको बैठक जारी रहेको छ। सोही क्रममा उनले अहिलेको रकममा भारी मात्रामा वृद्धि गरेर रकम छुट्याउन आह्वान गरेका हुन्। हाल हरेक देशले आफ्नो देशको कुल ग्राहस्थ उत्पादनको करिब २ प्रतिशत मात्र बजेट छुट्याउने गरेका छन्। यसमा अहिलेको लक्षित बजेटको दोब्बर बनाउन राष्ट्रपति ट्रम्पले आह्वान गरेको जनाइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाका क्षेत्रमा अरु देशहरुको तुलनामा जर्मनीले भने कममात्र बजेट खर्च गर्ने गरेको भन्दै आलोचना गरे। नेटोका सदस्य राष्ट्रहरूले भने हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा नै उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने बताए। त्यसैगरी नेटोका महासचिव जेन्स स्टोलटनबर्गले भने अहिलेको लक्षित दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिए।

नेटो बैठकमा उठेको रक्षा क्षेत्रको बजेट रकम वृद्धिसम्बन्धी पत्रकारहरूको प्रश्नको जवाफमा उनले दुई प्रतिशतको लक्ष्य नै भेट्न नसकिएको अवस्थामा हालका लागि सो दिशातर्फ केन्द्रित हुनु नै राम्रो रहेको धारणा राखेका थिए।

यसैबीच उक्त सम्मेलनमा सबैभन्दा धेरै अफगानिस्तानको विषयमा छलफल भएको बताइएको छ। सो सम्मेलनमा अफगानिस्तानमा नेटो सैनिकहरु रहेका तर तालिबानको हत्या हिंसाको अन्त्य नभएकोमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पसहित नेटोका सबै साझेदार राष्ट्रहरुबीच कुराकानी भएको थियो।

त्यसैगरी सो सम्मेलनका क्रममा साझेदार राष्ट्रहरुबीच सिरियाका बारेमा पनि कुराकानी भएको जनाइएको छ। उनीहरुले सुरुमा सिरियामा नेटो सेनाको प्रवेशको बारेमा व्यापक छलफल गरेका थिए।

सम्मेलनमा विश्वका शक्तिशाली राष्ट्रहरु साझेदार रहेको नेटोका राज्य तथा सरकार प्रमुखहरुको सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed