Breaking News.... EverestOnlineKhabar
July 10, 2026

Loading

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संस्कृत विश्वविद्यालयका उपकूलपति कूलप्रसाद कोइराला र ट्रमा सेन्टरका डा.भोजराज अधिकारीप्रति सरकारले गरेको दुव्र्यबहारको विरोध गरेको छ।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद डा.अमरेश कुमार सिंहले ट्रमा सेन्टरका डा.अधिकारीलाई गृहमन्त्रीको आदेशमा अपरहण शैलीमा लगिएको भन्दै विरोध जनाए। उक्त विषयमा सरकारको जबाब उनले माग गरे। भिसी कोइरालाको कुरा नसेलाउँदै सरकारले बुद्धिजिविलाई तर्साउने काम गरेको बताउँदै सिंहले भने,‘किमजोगङ्को शैली बन्द हुनु पर्‍यो।’

विशेष समयमा बोल्दै कांग्रेस नेता प्रदिप गिरीले उपकुलपति कोइरालालाई सरकारले अपमानित गरेको भन्दै विरोध जनाए। राष्ट्रिय मानव अधिकार आयोगमा कोइरालाले दर्ता गराएको उजुरी महत्वपूर्ण भएको समेत बताए। गिरीले तानाशाह मुलुकमा आइसकेको र तानाशाही व्यवस्थामा सरकारबाट जनता डराउन थालेको बताए।

त्यसैगरी कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले उपकुलपति कोइरालालाई सम्मेलनको समय बाँकी रहेकोले क्यानडाको कार्यक्रममा सहभागी हुनका लागि पठाउन माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed