Breaking News.... EverestOnlineKhabar
July 9, 2026

रोनाल्डोको जर्सी नम्बर–७ युभेन्टसको अनलाइन सपिङ साइटमा राखेको केही बेरमै साइट क्र्यास

Loading

एजेन्सी । रियल मेड्रिडबाट इटालीको क्लब युभेन्टसमा भित्रिएका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ जर्सीबारे मानिसहरुमा भारी उत्साह छ । युभेन्टसले  रोनाल्डोको जर्सी नम्बर–७ आफ्नो अनलाइन सपिङ साइटमा राखेको केही बेरपछि नै साइट क्र्यास भएको छ ।

३३ वर्षका यी स्ट्राइकरले नौ वर्ष रियल म्याड्रिडमा बिताएपछि युभेन्टसमा पनि नम्बर सातलाई आफूसँगै राखे । उनलाई युभेन्टसले ८.८ करोड पाउन्डमा पाँच वर्षका लागि सम्झौता गरेको बताइन्छ ।

युभेन्टसको साइट ठप्प भएपनि प्रशंसकले टुरिनस्थित क्लबको आधिकारिक स्टोरबाट रोनाल्डाको जर्सी खरिद गर्न सक्नेछन् । पोर्तुगाली स्ट्राइकरले सन् २०१७ को च्याम्पियन्स लिगको फाइनलमा मेड्रिडको तर्फबाट युभेन्टसविरुद्ध दुई गोल गरेका थिए र म्याड्रिडले यो खेल ४–१ ले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed