Breaking News.... EverestOnlineKhabar
July 9, 2026

Loading

एजेन्सी । रुस विश्वकपको सेमिफाइनलमै पराजित भएपछि इंग्ल्याण्डका कप्तान ह्यारी केनले आफु निकै मर्माहत भएको बताएका छन्। दोस्रो सेमिफाइनलमा क्रोएसियाले इंग्ल्याण्डलाई अतिरिक्त समयमा २-१ गोलले हराएको थियो। क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो।

इंग्ल्याण्डले भने ५२ वर्षपछि विश्वकपको सेमिफाइनल पुग्ने राम्रो अवसर गुमायो। केनले आफ्नो युवा टिमलाई यस नतिजाबाट सिक्न र राम्रा पक्षलाई निरन्तरता दिन अनुरोध पनि गरेका छन्।

खेलपछि आयोजित पोस्ट म्याच कन्फेरेन्समा निकै दु:खी र अप्ठ्यारो देखिएका केनले इङ्ल्यान्डले नकआउट खेल पनि जित्न सक्ने र प्रतियोगितामा धेरै अगाडिसम्म बढ्न सक्ने देखाएको बताए। इंग्ल्याण्डले फाइनल पुग्ने गतिलो मौका गुमाएको केनको भनाई छ।

इंग्ल्याण्ड फाइनल पुग्न नसके पनि गर्व गर्न लायक प्रदर्शन गरेको उनको भनाई छ। ‘कसैले पनि सोचेका थिएनन् हामी सेमिफाइनलसम्म पुग्ने छौं। यस हिसाबले हाम्रो शीर ठाडो भएको छ’ , केन भन्छन्,’ हामीले सबैलाई गर्व गर्न लायक बनाएका छौं। तर हामी अझ बढी चाहन्थ्यौँ। हाम्रा समर्थकलाई फाइनल पुगेर थप खुसी दिने प्रयाश सफल हुन सकेन।’

केन जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा शीर्षस्थानमा छन्। उनले प्रतियोगितामा ६ गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed