Breaking News.... EverestOnlineKhabar
July 9, 2026

प्रधानमन्त्री ओलीलाई चरेसको थालमा एक किलो मार्सी चामल उपहार

Loading

काठमाडौं । एलाइन्स फर द गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा एक किलो मार्सी चामल उपहारस्वरुप दिएको छ ।  विवेकशील साझालगायतका केही पार्टीका प्रतिनिधिसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेर एलाइन्स फर गोविन्द केसी अभियानले चरेसको थालमा एक किलो मार्सी चामल दिएको हो ।

चिकित्सा क्षेत्रको सुधारका लागि डा. गोविन्द केसीको सत्याग्रह र आफ्नो छोराको हत्याराका आरोपीलाई कारवाहीका लागि गंगामाया अधिकारीले गरिरहेको सत्याग्रहप्रति वर्तमान सरकार असंवेदनशील र अनुदार देखिएको भन्दै विरोधस्वरुप मार्सी चामल दिइएको हो ।
सोलिडारिटी फर गोविन्द केसीले शनिबार माइतीघर मण्डलामा पनि विरोध कार्यक्रम तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed