Breaking News.... EverestOnlineKhabar
July 9, 2026

दार्चुलाका कैयौं भागको भारतसँग सम्पर्क विच्छेद

Loading

दार्चुला । अविरल वर्षाले दार्चुलाको व्यास क्षेत्रमा रहेको नेपाल-भारत जोड्ने अस्थायी काठे पुल र महाकाली नदीमाथि लगाइएको तुइन बगेको छ। नदीमा पानीको बहाव बढेकै बेला पुल र तुइन बग्दा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ। उक्त पुल बगेपछि म्लीङ, राप्ला, सुन्सेरा, धौलाकोट, हुती लगायतका स्थानीयवासी प्रभावित भएका हुन्।

भारतीय बजारसँग सीमा जोडिएको कारण उक्त क्षेत्रका स्थानीयवासीमा दैनिक उपभोग्य सामाग्री भण्डारण गर्ने चलन नभएकाले झन् समस्या परेको उनीहरू बताउँछन्।

भारतीय सञ्चारमाध्यम र भारतीय अधिकारकर्मीहरूका अनुसार भारतको नज्याङ, मालिपा, बुँदीलगायत गब्र्याङमा भारतीयसँगै कतिपय नेपाली नागरिकहरू फसेका छन्।

अस्थायी काठे पुल बगाएको क्षेत्रका स्थानीयवासी लगायत भारतमा फसेका नेपाली नागरिकको उद्धारको पहल भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।  भारततर्फका केही स्थानमा फसेका नेपालीको उद्धार भइसकेको भारतीय अधिकारीहरूले जानकारी दिएको उनले बताए।

नेपालको बाटोघाटो सहज नहुँदा त्यस क्षेत्रका स्थानीयवासीले सदरमुकाम खलंगा आउन भारतको बाटो प्रयोग गर्नुपर्ने र पक्की तथा झोलुङ्गे पुल नहुँदा तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed