![]()
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई नियन्त्रणमा लिनु मानवअधिकारको मूल्य मान्यता विपरीत कार्य भएको जनाएको छ ।
आयोगले प्रेस विज्ञप्ति प्रकाशित गरि उपकुलपति जस्तो प्राज्ञिक व्यक्तित्वलाई जिम्मेवार निकायबाट मान मर्यादा विपरीत नियन्त्रणमा लिएको घटनाप्रति ध्यानार्कषण भएको जनाएको हो। आयोगकी प्रवक्ता मोहना अन्सारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटनालाई गम्भीर रुपमा लिएको उल्लेख छ।
संस्कृत सम्मेलनमा सहभागी हुन जाँदै गर्दा गत असार २३ गते कोइरालालाई अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पूर्याएको थियो। प्रधानमन्त्रीको ठाडो निर्देशनमा उनलाई नियन्त्रणमा लिएर दुव्र्यवहार भएको भन्दै चौतर्फि विरोध भएको थियो।
कोइरालाले उजुरी दिएपछि आयोगले बैठक बसेर विज्ञप्ति प्रकाशित गरेको हो। बालुवाटार पूर्याईएका उपकुलपतिलाई प्रधानमन्त्रीलाई भेट्न नदिइ नियन्त्रणमा राखेर घर फर्काइएको थियो।


