Breaking News.... EverestOnlineKhabar
July 9, 2026

आमनिर्वाचन अभियानसँगै पाकिस्तानमा हिंसा घटना बढ्दै

Loading

एजेन्सी,असार ।
यही जुलाई २५ मा हुनलागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान गएको छ ।
पाकिस्तानको निर्वाचन आयोगले प्रचारप्रसार शुरु भएको जनाएको छ र सेनालाई स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगीको रूपमा विश्वास गरेको छ । उक्त आक्रमणमा अवामी नेशनल पार्टीका एकजना स्थानीय नेता अवामी हरुर पनि मारिएका छन् । उनी पनि सो निर्वाचन ¥यालीमा सहभागी भएका थिए ।
उक्त राजनीतिक दल पनि निर्वाचनमा सहभागी भएको छ । यस दललाई विगत लामो समयदेखि पाकिस्तानका स्थानीय तालिबानले विरोधको तारो बनाएका छन् । मङ्गलबार भएको उक्त हमलाको पनि तालिबानले नै जिम्मेवारी लिएका छन् । हमलामा ६३ जना घाइते भएका छन् । आक्रमणमा घाइते भएका ३५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
आागमी निर्वाचनका लागि सुरक्षा खतरा रहेको चर्चा पाकिस्तानमा शुरु भएको छ । अर्कातर्फ पाकिस्तानी सेनाका प्रवक्ताले आगामी निर्वाचनमा सुरक्षा खतरा रहेको भनी प्रतिक्रिया दिएको केही घन्टापछि यता यो हमला भएको छ ।
निर्वाचनको अभियानको पहिलो दिन नै शक्तिशाली हमला भएको अधिकारीले बताएका छन् । उनीहरुले निर्वाचन अभियानलाई सुरक्षित बनाउने उपायका बारेमा सरकारसँग आग्रह गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed