![]()
काठमाडौ,असार ।
सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाटै पक्रेर बालुवाटारमा अपमानजनरुपमा थुनेको प्रकरण यतिबेला चर्चामा छ । यो प्रकरणले सरकारको चर्को आलोचना वौद्धिक समुदायले गरिरहेको छ । तर, उपकुलपति कोइरालासहित संस्कृत भाषासँग असम्बन्धित व्यक्तिहरु सरकारलाई झुक्याएर‘चोरबाटो’ हुँदै क्यानडा जान खोजेको सरकारी पक्षको आरोप छ ।
उपकुलपति कोइरालालाई विमानस्थलबाट फिर्ता गराएर बालुबाटार पुर्याइएको घटनाले सरकार विवादमा परेपछि विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले भ्रमण कार्यक्रमको विवरण मागेको स्रोतले जनाएको छ । यसैबीच, उपकुलपति कोइरालामाथि लागेको अनियमितताको आरोपमा सरकारले छानविन शुरु गर्ने तयारी गरेको छ । उनीमाथि रजिस्ट्रारलाई कुटपिट गरेको १३ आंगिक क्याम्पसमा प्राचार्य नियुक्ति ऐनविपरीत गरेकोदेखि लिएर काठमाडौंमा बसेर घरमै विश्वविद्यालय चलाएको लगायतका झुटा अभियोग लगाएर फसाउने तयारी सरकारले गरेको छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा भए पनि कोइराला काठमाडौंमै बस्छन् । उनी कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्वअध्यक्ष भएकाले पार्टी काममा बढी सक्रिय हुँदा विश्वविद्यालय लथालिंग अवस्थामा पुगेको रेक्टर र रजिस्ट्रारले कुलपति केपी ओलीलाई जानकारी गराएका छन् । उपकुलपतिमाथिको छानबिन अघि बढेको र अहिलेको विवादले यो नरोकिने प्रधानमन्त्री ओलीले बताइरहेका छन् ।


