Breaking News.... EverestOnlineKhabar
October 2, 2026

सेमिफाइनलमा आफ्नै देशको विपक्षमा बेल्जियमका सहायक प्रशिक्षक हेनरी

Loading

एजेन्सी। मंगलबार रुस विश्वकपको पहिलो सेमिफाइनल खेल हुँदैछ। पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम आमनेसामने हुँदा बेल्जियमका सहायक प्रशिक्षक थिएरी हेनरी भने आफ्नै देशको विपक्षमा हुनेछन्।

अन्तर्राष्ट्रिय फुटबलमा फ्रान्सको लागि सबैभन्दा बढी गोल गरेका हेनरी अहिले बेल्जियमको सहायक प्रशिक्षकको रुपमा रहेका छन् । पाँचपटकको विश्वविजेता टोली ब्राजिललाई हराएर सेमिफाइनलमा पुगेको टोलीका सहायक प्रशिक्षकको भूमिका निभाइरहेका हेनरीले मंगलबार बेल्जियमको जितको कामना गर्नेछन्।

हेनरीले १३ वर्षभन्दा लामो समयसम्म आफ्नो देशका लागि खेलेका थिए र उनले यो अवधिमा सबैभन्दा बढी ५१ गोल गरेका थिए। सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा उनी पनि टोलीको एक महत्वपूर्ण सदस्यको रुपमा रहेका थिए। साथै उनको पालामा फ्रान्स दुईपटक युरोकप विजेता बन्न पनि सफ भएको थियो।

बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मर्टिनेजले भने, “हेनरीले फुटबलका लागि जितेका थिए, उनी एक विशेष व्यक्ति हुन्। उनी टोलीमा विश्वविजेताको अनुभव लिएर आएका छन् र टोलीलाई यस किसिमको अनुभव निकै सहायक साबित हुनसक्छ।”

हेनरीले फ्रान्सका लागि समग्रमा एक सय २३ खेल खेलेका थिए। रसियाको सेन्ट पिटर्सवर्गमा खेलिने यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ। दुवै टोलीका सबैजसो खेलाडीहरु ठुला क्लबहरुबाट खेल्दै आएको कारण पनि मंगलबारको खेल निकै महत्वपूर्ण हुने मानिएको हो। बेल्जियमको टोलीले अहिलेसम्म निकै राम्रो प्रदर्शन गर्दै आइरहेको छ भने फ्रान्सलाई पनि कुनै समस्या सिर्जना भएको छैन। यो हिसाबमा दुवैको बीचमा मंगलबारको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed