Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेरर विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फेडेररले फ्रान्सका एड्रियन मन्नारिनोलाई ३–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेका हुन् ।

 फेडेररले मन्नारिनोलाई ६–०, ७–५ र ६–४ को सेटमा पराजित गर्न सफल भए । फेडेरर साविक विजेता पनि हुन् ।  पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २२ औं बरियताका मन्नारिनोलाई सहजरुपमा जित हात पारेका फेडेररले दोस्रो सेटभने निकै कठिन तरिकाले जितेका थिए । त्यस्तै, अन्तिम सेट पनि उनले सहज रुपमै आफ्नो पक्षमा पारे ।

त्यस्तै, प्रिक्वाटरफाइनलअन्तर्गत नै अर्को खेलमा सर्वियाका नोभाक जोकोभिकले जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् । उनले करेन खचानोभलाई ६–४, ६–२ र ६–२ को सेझो सेटमा पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान बनाएका हुन् ।
उनले अब सेमिफाइनल प्रवेशका लागि जापानका केइ निशिकोरीसँग प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.