Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जमा मानव अङ्गबाट बायो ग्यास निकालिएको छ।  छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्यास उत्पादन शुरु गरिएको हो।

न्युरो, सर्जिकल, अति सघन कक्ष (आइसीयू) र मृगौला रोगसँग सम्बन्धित (नेफ्रो वार्ड) बाट निस्कने रगतजन्य फोहोर, शल्यक्रियाका क्रममा निस्कने शरिरका विभिन्न अङ्गहरुलाई अलग्गै संकलन गरि बायो ग्यास निकालिएको छ। बायो ग्याँसका लागि मानव अङ्गका अतिरिक्त फ्याँकिएका खानेकुरा र कुहिने फोहोरलाई प्रयोग गरिएको छ।यहाँ उत्पादित ग्याँस अस्पतालको भान्सामा प्रयोग गरिएको छ भने पानी तताएर प्रशोधन गर्ने काममा पनि सदुपयोग गरिएको छ।

शिक्षण अस्पतालले बायो ग्यास उत्पादन नगर्दासम्म अस्पतालको फोहोर काठमाडौ महानगरपालिकालाई बुझाइन्थ्यो जुन खुलम खुल्ला टेकुको संकलन केन्द्र हुँदै डम्पिङ साइट औखरपौवासम्म पुग्थ्यो। फोहोर जलाउँदा निस्कने धुवाँले वातावरण प्रदूषण हुने र महानगरपालिकाले ओखरपौवामा फाल्ने फोहोरमा कहिलेकाँही सुई र संक्रमित फोहोर मिसिदा थप जोखिम बढ्ने गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed