Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

बीबीसी । स्पेन फुटबल संघले बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस इनरिकेलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ। यसअघि संघले आइतबार अन्तरिम प्रशिक्षक फर्नान्डो हायरोलाई निरन्तरता नदिने जनाएको थियो।

रूस विश्वकप सुरु हुुनु एक दिनअघि तत्कालीन प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गर्दै हायरोलाई अन्तरिम प्रशिक्षक नियुक्त गरिएको थियो। राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालिरहँदा आफूलाई जानकारी नगराई रियाल मड्रिडको प्रशिक्षक पद स्वीकार गरेको भन्दै संघले लोप्तेगीलाई बर्खास्त गरेको थियो।

स्पेन फुटबल संघले इनरिकेलाई दुई वर्षका लागि अनुबन्धित गरेको हो। इनरिके अस्वस्थ भएपछि बार्सिलोना छाडेका थिए।  स्वास्थ्यमा सुधार आएपछि अघिल्लो सिजन बार्सिलोनालाई प्रशिक्षण दिएका थिए। उनले रोमामा २०११–१२ मा प्रशिक्षण दिएका थिए। त्यसपछि सेल्टा भिगोमा गएका इनरिकेले २०१४ मा बार्सिलोना टोली सम्हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed