![]()
बीबीसी । थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य शुरु भएको छ। सोमबार गरिएको उद्धारबाट चारजना बालक बाहिर निकालिएको थियो । सोमबार पनि भारी वर्षाका कारण सबैजनालाई निकाल्न सकिएको थिएन ।
मङ्गलबार पनि वर्षा भइनै रहेकाे छ। अविरल वर्षाका कारण गुफाभित्रको पानीको सतह थप बढेको छ । यसले गर्दा आजको उद्धार कार्य निकै कठिन हुने अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले गुफाको बाहिर निर्माण गरिएका चिम्नीहरुबाट गुफाभित्र अक्सिजन पठाउने काम शुरु गरिसकेका छन् । गोताखोरहरुले भित्र छिर्ने प्रयास थालेका छन् ।
दक्षिणी थाइल्याण्डको चियाङ राइ प्रान्तमा रहेको एउटा गुफामा करीब दुई हप्तादेखि फसेका १३ जनामध्ये आइतबार चारजना र सोमबार चार जनालाई सकुशल उद्धार गरिएको थियो ।उद्धारको कार्य अति कठिन भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले बाँकी रहेका सबै पाँच जनालाई नै बाहिर निकाल्ने बताएका छन् ।
आइतवार पहिलो दिन उद्धार गरेर सकुशल निकालिएका चारजना बालकलाई चिकित्सकको निगरानीमा राखिएको छ । उनीहरुलाई आफ्ना आमाबुबालाई भेट्न समेत दिइएको छैन ।


