Breaking News.... EverestOnlineKhabar
June 28, 2026

फिफा विश्वकप २०१८ सेमिफाइनलःफ्रान्स र बेल्जियम भिड्दै

Loading

एजेन्सी,असार ।
जारी विश्वकप फुटबल २०१८ को पहिलो सेमिफाइनल खेल आज हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुने छ । फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको हो ।
बेल्जियम र फ्रान्सबीच पहिलो प्रतिस्पर्धा मे १९०४ मा ब्रसेल्समा भएको थियो । यो प्रतिस्पर्धा ड्र भएको थियो । त्यसबेलादेखि अहिलेसम्म अन्तर्राष्ट्रियस्तरमा दुवै टिम ७३ पटक प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये बेल्जियम ३० पटक र फ्रान्स २४ पटक विजयी भएका छन् । १९ खेल भने बराबरी भएको थियो । अन्तर्राष्ट्रिय टुर्नामेन्टमा भने यी दुई टिम तीन पटक भिडेका छन् र तीनवटै खेलमा फ्रान्सले वाजी मारेको छ ।
जारी विश्वकपमा बेल्जियमले पाँच खेल खेलेको छ र सबै खेलमा विजयी भएको छ । यसअघि कुनै पनि विश्वकपमा लगातार यति धेरै जित निकाल्न बेल्जियमले सकेको थिएन । बेल्जियमका ९ खेलाडीले गोल गरेका छन् । सबैभन्दा धेरै गोल गर्नेमा पनि शीर्ष स्थानमा छन् ।
यसैगरी फ्रान्स पनि जारी विश्वकपमा अपराजित छ । यसअघि फ्रान्स १९५८, १९८२, १९८६, १९८८ र २००६ को विश्वकपमा पनि सेमिफाइनलसम्म पुगेको थियो । मंगलबारको खेलमा सबैको नजर बेल्जियमको गोलकिपर कोर्टियस र फ्रान्सका ह्युगो लोरिसमाथि रहेको छ । त्यसो त महंगा र कान्छा खेलाडी फ्रान्सका एम्बाप्पेप्रति पनि धेरैको नजर रहने छ । फ्रान्सलाई विश्वकपमा छैठौं पटक सेमिफाइनलसम्म पु¥याउन १९ वर्षे फरवार्ड किलियन एम्बाप्पेको अहम भूमिका छ ।
बेन्जामिन पवार्ड र लुकास हर्नान्डेजको जोडीले पनि जारी विश्वकपमा शानदार प्रदर्शन गर्दै आएको छ । २२ वर्षका यी दुवै खेलाडीमा केबल १०–१० अन्तर्राष्ट्रिय म्याच खेलेको अनुभव छ । यद्यपि ओलिभर जिरोडले विश्वकपमा अहिलेसम्म एउटा पनि गोल गर्न सकेका छैनन् तर बललाई आफ्नो कब्जामा राखिराख्ने उनको क्षमताले टिमलाई फाइदा नै भएको मान्न सकिन्छ । जिरोडलाई फ्रान्सका दिग्गज खेलाडी जिनेदिन जिदानलाई उछिन्न केबल एक गोलको आवश्यकता छ । फ्रान्सको टप स्कोररको सूचीमा जिनेदिन जिदान र जिरोड समान ३१ गोलका साथ बराबर स्थानमा छन् । थिएरे हेनरी ५१ गोलसहित शीर्ष स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.