![]()
काठमाडौ,असार ।
राष्ट्रियसभाको सोमबार बसेको बैठकले विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयक, २०७५ लाई बहुमतले पारित गरेको हो ।
अर्थमन्त्री डा.खतिवडाले आर्थिक विधेयक, २०७५ र राष्ट्र ऋण उठाउने विधेयक, २०७५ को प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । त्यसैगरी ऋण तथा जमानत (२२ औँ संशोधन) विधेयक, २०७५ पनि राष्ट्रियसभाको बैठकको बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा सांसद अनिता देवकोटा, धनकुमारी खतिवडा, विन्दादेवी आले, प्रकाश पन्थ, जीतेन्द्रनारायण देव, बद्रीप्रसाद पाण्डे, तारादेवी भट्ट र रमेशजंग रायमाझीले प्रस्ताव गरेको खर्च कटौतीको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक आज अपराह्न ३ बजे बस्दैछ ।


