![]()
बीबीसी । बार्सीलोनाका ब्राजिल मिडफिल्डर पाउलिन्हो चाइनिज फुटबल क्लबसँग आवद्ध भएका छन् । पाउलिन्हो चीनको गुआंगजौ एभरग्रान्डेसँग आवद्ध भएको क्लबले जनाएको छ । २९ वर्षिय पाउलिन्हो सन् २०१७ मा गुआंगजौ एभरग्रान्डेबाट स्पेनिस क्लब बार्सिलोना गएका थिए ।
पाउलिन्होले गएको सिजनमा बार्सिलोनाले ला—लिगा ट्रफी जित्दा उनले खेलेका ३९ खेलमा ९ गोल गरेका छन् भने रसिया विश्वकपमा ब्राजिलबाट ५ वटै खेल खेले । पाउलिन्होले सन् २०१५ देखि २०१७ सम्म गुआंगजौ एभरग्राडेका लागि ६३ खेल खेलेका थिए ।
बार्सिलोनाले पाउलिन्होका लागि गुआंगजौसँग स्थायी सम्झौताको विकल्प नभएको बताएको छ । तर, कति पैसामा सम्झौता भयो भन्ने खुलाइएको छैन् ।
पाउलिन्होले रसिया विश्वकपको समूह चरणको अन्तिम खेल सर्बियाविरुद्ध २—० गोलले विजयी हुँदा १ गोल गरेका थिए ।


