![]()
काठमाडौ,असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लामा अनसनरत प्रा.डा. गोविन्द केसीसँग सम्वाद गर्ने प्रयास गरेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयले डा. केसीसँग सम्वादका लागि वातावरण बनाइदिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ । संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले त्यो सन्देश डा.केसीसम्म पुर्याएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली आफैंले डा. केसीसँग फोनमा नै सम्वाद गर्न चाहेका छन् ।
तर, अहिलेसम्म कुनै फोन नआएको डा.केसीसँगै रहेका किशोर केसीले जानकारी दिए । चिकित्सक संघले आइतबार साँझ मात्र प्रधानमन्त्री ओलीलाई भेटेर डा.केसीको जीवन रक्षा गर्न माग गरेको थियो । संघले ७२ घन्टा सरकारलाई पर्खने र नभए आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएको थियो ।


