Breaking News.... EverestOnlineKhabar
July 10, 2026

प्रतिनिधिसभा बैठक बस्दैःडा.केसीको जीवन रक्षा सम्बन्धी प्रस्तावमा छलफल हुने

Loading

काठमाडौ,असार ।
प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुको प्रस्ताव र पार्वती डिसी चौधरी र अहतरकमाल मुसलमानको समर्थनमा शुक्रबार संसदयमा दर्ता भएको डा. गोविन्द केसीको जीवन रक्षा सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल हुने भएको छ ।
प्रतिनिधिसभाको बैठकमा चिकित्सा शिक्षा विधेयकमा सरकारले गरेको परिमार्जनको विरोधमा अनशनरत डा.गोविन्द केसीको जीवन रक्षा सम्बन्ध सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुन लागेको हो ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूचि रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
सोमबारको बैठकमा संसदीय सुनुवाई समितिका लागि प्रस्तावित सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूचि पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed