![]()
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले संस्कृत बिश्वबिद्यालयका उपकुलपति कुलप्रसाद कोइराला अनुमति बिदेश भ्रमणमा जान थालेकाले सरकारले रोकेको प्रष्टीकरण दिएका छन ।
राष्ट्रियसभा बैठकमा कांग्रेस सांसदहरुले अपमानको शैलीमा उपकुलपति कोइरालालाई विमानस्थलबाट नियन्त्रणमा लिइएको बिषयमा जवाफ मागेपछि गृहमन्त्री थापाले सरकारी कदमको बचाउ गरेका हुन ।
उपकुलपति कोइरालालाई क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा त्रिभुवन बिमानस्थलबाट प्रहरीले पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पुर्याएको थियो ।


