Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रदेशको नाम गण्डकी राखेपछि तमुवान–मगरातको विरोध

Loading

गोरखा । प्रदेश-४ लाई गण्डकी प्रदेश नामाकरण गरेपछि तमुवान-मगरात संघर्ष समितिले विरोध गरेको छ। शुक्रबार भएको संसद बैठकले प्रदेशको नाम गण्डकी राखेपछि संघर्ष समितिले विरोध जनाएको हो।

संघर्ष समितिले शनिबार मध्यान्ह १२ बजे गोरखा सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। हरमटारीबाट सुरु भएको विरोध र्‍यालीले गोरखा बजार परिक्रममा गरेको थियो। उनीहरूले प्रदेशको नाम तमुवान–मगरात राख्न माग गरेका छन्।

विरोध र्‍यालीमा नेपाल मगर संघ गोरखा, तमुह्यूँला छोँजधी गुरुङ राष्ट्रिय परिषद, तामाङ घेदुङलगायतको जातिवादी जनजाति संस्थाहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.