Breaking News.... EverestOnlineKhabar
June 26, 2026

ईयुसँगको भावी सम्बन्धबारेमा आन्तरिक सहमति जुटाउन टेरिजा सफल

Loading

बीबीसी । बेलायती प्रधानमन्त्री टेरिजा मे ले युरोपेली संघबाट बेलायत बाहिरिएपछिको भावी सम्बन्धका विषयमा आन्तरिक सहमति जुटाएकी छिन् । प्रधानमन्त्री मे ले आफ्ना मन्त्रीहरुसँग १२ घण्टा लामो सघन छलफलपछि ईयुसँगको भावी सम्बन्धबारेमा आन्तरिक सहमति जुटाएकी हुन ।

सहमतिले बेलायत र इयुबीचको मालसामानको स्वतन्त्र व्यापारलाई निरन्तरता दिनुपर्ने प्रस्ताव गरेको छ । तर अहिलेको जस्तो स्वतन्त्र रूपमा हुँदै आएको मानिसको आवतजावतलाई अन्त्य गरिने त्यसमा उल्लेख छ । अबको करिब ९ महिनापछि बेलायत औपचारिक रूपमा इयुबाट बाहिरिँदै छ ।

यस्तोमा भावी मार्गचित्रबाट आफ्नो विभाजित मन्त्रिपरिषद्मा सहमति कायम गराएको प्रधानमन्त्री मेले बताइन । यो सहमतिसँगै प्रधानमन्त्री मेले बहिर्गमनबारे कडा धारणा राख्ने आफ्नै कन्जरभेटिभ पार्टीका नेता र इयुका बाँकी २७ सदस्य राष्ट्रहरूलाई मनाउन प्रयत्न गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री मेले आन्तरिक सहमतिले युरोपेली संघसँगको वार्ताका लागि थप महत्वपूर्ण कदम हुने बताएकी छिन् । यसले बेलायती जनताको सुरक्षा र समृद्धि प्रत्याभूति गर्ने दाबी उनले दावी गरिन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.